माघ १५ बाट राष्ट्रिय महिला लिग फुटबल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ माघबाट राष्ट्रिय महिला लिग फुटबल आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने बताउनुभएको छ ।

उहाँका अनुशार यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुनेछ ।

लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् ।

गत जेठमा सम्पन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउन पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।

Back to top button