इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियाको पूर्वी भागमा रहेको बान्डा सागरमा ७ दशमलव ३ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार बिहान १ बजेर २५ मिनेटमा मालुकु प्रान्तको दक्षिण पश्चिम टियाकुर शहरबाट १३२ किलोमिटर पूर्वमा र समुन्द्री सतहबाट १८३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको त्यहाँको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकाय (बिएमकेजी) ले जनाएको छ ।

भूकम्पबाट सामान्य क्षति भएको बताइएको छ । भूकम्प दक्षिणपश्चिम मालुकुमा दुईवटा घर भत्किएको र केही अन्य सामान्य क्षति भएको बताइएको छ । एजेन्सीले सबैभन्दा ठूलो ५ दशमलव २ म्याग्निच्युडका तीनवटा पराकम्पनहरू रेकर्ड गरेको छ।

Back to top button