यसकारण पक्राउ परे र्‍यापर लाउरे…

काठमाडौं । चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पक्राउ परेको खबरले यतिबेला उनका फ्यानलाई दुःखी बनाएको छ । आखिर किन पक्राउ परे लाउरे ? पोखराको न्यूरोडबाट लाउरे ब्राउनसुगरको खरिदबिक्री हुँदै गर्दा कास्की प्रहरीले जनाएको छ ।

लाउरे ब्राउनसुगरको किनबेचमा सम्लग्न रहेको पाइएको प्रहरीले जनाएको छ । लाउरेको साथबाट ब्राउनसुगर भने बरामद भएको थिएन । प्रहरीले लाउरेसँगै विक्रेताहरूलाई घटनास्थलबाट पक्राउ गरेको थियो ।

त्यहाँबाट उनीहरूको कोठामा समेत प्रहरीले खानतलासी गरी केही परिमाणमा लागूऔषध बरामद भएको बुझिएको छ । ऐनमा ब्राउनसुगर लगायतका लागुऔषध सेवन गर्नेलाई १० हजार जरिवाना वा १ वर्ष कैद सजाय हुन सक्छ ।

कारोबारीलाई भने बरामद भएको लागुऔषधको मात्रा हेरेर २० वर्षसम्मको सजाय व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुन्दर तिवारीका अनुसार हिजो बेलुका लाउरेसहित चारजनालाई नियन्त्रणमा लिइएको हो ।

Back to top button