स्काउट विकृति र विसंगतिविरुद्धको बिम्ब हुनुपर्छ : संयोजक भण्डारी

काठमाडौं । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ ।

नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै उहाँले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशसहित देशभरका ग्रामिण तहका विद्यालयमा पनि स्काउटको शिक्षा दिइरहेको र अझै त्यसलाई सशक्त ढंगले अघि बढाउनु पर्ने बताउनुभयो ।

Back to top button