सप्तरीमा भएको आगलागीमा दश लाखको क्षति

राजविराज । सप्तरीको तिरहुत गाउँपालिका–३ मा आगलागी भएको छ ।

हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागिबाट करिब १० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीबाट औषधि, दुईवटा गोरु, पाँचवटा बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

Back to top button