नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने हुनु भएको छ ।उहाँ स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ ।
त्यसका लागि उहाँको १३ दिन लामो बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो ।

उहाँको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

Back to top button