आजको मौसम: प्रदेश १ सहितका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ सहित बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ। आज बिहान धेरैजसो स्थानमा कुहिरो लागेको छ।

प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा मधुरो घाम लागेको छ। विराटनगर क्षेत्रमा भने मौसम सामान्य बदली भएको छ ।

पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । सापकोटाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

यीबाहेक अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ।

Back to top button