हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

काठमाडौं । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो ।

वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गर्नुभएको हो । उहाँ टिभीको इतिहासमा धेरै काम गर्ने अभिनेत्री हो ।

आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहनुभएकी ह्वाइटको जन्मदिन भन्दा १८ दिन अगाडि निधन भएको छ । थुप्रै शोको समेत गर्नुभएकी उहाँले धेरै अवार्ड समेत हात पार्नुभएको छ ।

Back to top button