नेपाली सेनामा २ सय २९ जनाका लागि आवेदन खुल्ला (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले २ सय २९ जना अधिकृत क्याडेट पदका लागि भर्ना खुला गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले दरखास्त आव्हान गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आग्रह गरेको हो ।

नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुलातर्फ १ सय २० र समावेशीतर्फ एक सय नौ गरेर जम्मा २ सय २९ जना माग गरेको हो । भर्ना हुनका लागि दरखास्त फाराम माघ १७ गतेभित्र बुझाइसक्नुपर्नेछ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सूचनामा उल्लेख छ ।

Back to top button