बैंकले आफै मागे ब्याजदर तोक्ने अधिकार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सेवा शुल्क र बैंकिङ ब्याजदर आफैले तोक्न पाउने अधिकार बैंक तथा वित्तीय संस्थालाई दिन राष्ट्र बैंकसँग माग गरेको छ । खुल्ला बजार नीतिको अवधारणा प्रतिस्पर्धाका आधारमा बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा÷निक्षेपको ब्याजदर निर्धारण गर्न र त्यसमा लाग्ने सेवा शुल्कमा समेत स्वनिर्णयको अधिकार दिन सिबिफिनले राष्ट्र बैंकसँग माग गरेको हो ।

बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० ले हालैमात्र बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीहरूको विषयमा अध्ययन गरी राष्ट्र बैंकमा सुझाव पेस गरेको छ । उक्त सुझाव मार्फत सिबिफिनले ब्याजदरका साथै सेवा शुल्कहरूमा समेत राष्ट्र बैंकले अनावश्यक नियमन गर्दा बैंकहरूको प्रतिफलमा तीव्र सङ्कुचन आएको आरोप लगाएको छ । यसबाट आम लगानीकर्ताहरू निरुत्साहित हुन थालेको समेत सिबिफिनले बताएको छ ।

‘राष्ट्र बैंकको पुँजी वृद्धिको नीति, बैंकहरूको पुँजी चार गुणासम्मले वृद्धि भएको छ । तर प्रतिफल दिनप्रतिदिन झन्झन् घट्दै गइरहेको छ । तर बजारले भने बैंक तथा वित्तीय संस्थाले अचाक्ली धेरै मुनाफा कमाएका छन् भनेर प्रचार गरिरहेको छ । यसैलाई मलजल पुग्ने गरी यता राष्ट्र बैंकबाट समेत सोही प्रकृतिको नियमन, निर्देशनहरू आइरहेका छन् । यसले निकट भविष्यमा नै बैंक तथा वित्तीय संस्थाको भविष्यमाथि गम्भीर संकट ननिम्त्याउला भन्न सकिन्न’ सिबिफिनद्वारा जारी आफ्नो अध्ययन प्रतिवेदनमा भनेको छ । तर, यता नियामक राष्ट्र बैंक यो मान्न तयार छैन ।

Back to top button