एकीकृत समाजवादीमा एमाले नेता रायमाझीको प्रवेश

काठमाडौं । नेकपा एमाले पाल्पाका पूर्व–जिल्ला अध्यक्ष एवं पूर्व–सांसद यादवबहादुर रायमाझी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।

एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहनुभएका रायमाझीले हिजो पत्रकार सम्मेलन गरेर एमाले जिल्ला कमिटी सदस्यहरू धनबहादुर रायमाझी, देवीप्रसाद पौडेल, झलक रायमाझी, महेश बरालसहितका नेताहरुले एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो ।

नेता रायमाझीले नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधानअनुसार सञ्चालन नगरी कम्युनिष्ट आचारणविपरीत सञ्चालन गरेकोले एमाले पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टी रोजेको बताउनुभयो ।

Back to top button