इटहरीमा ७२ किलो गाँजासहित २ जना पक्राउ

काठमाडौं । सुनसरीको इटहरी उप–महानगरपालिका–२० बाट ७२ किलो गाँजासहित २ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–१ का २४ वर्षीय विक्रम राई र ३३ वर्षीय संजिव राईलाई पक्राउ गरिएको हो ।

हिजो राति साढे १२ बजे कोशी राजमार्गको तरहरा चोकमा प्रदेश १–०२–०४२ प ६२१९ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा प्रहरी चौकी तरहराको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीलाई देखेपछि मोटरसाइकलमा रहेका २ जनाले झोला फाली भागेको प्रहरीले बताएको छ। उनीहरूलाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै,बरामद गाँजासहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय इटहरीबाट राखेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Back to top button