प्रधानमन्त्री देउवा आज धरान आँउदै

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आउने कार्यक्रम रहेको छ ।

सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टर मार्फत धरान आउने कांग्रेस सुनसरीले जनाएको छ ।
प्रधानमन्त्री देउवाले त्यहाँ नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ।

यस्तै देउवाले कानेपोखरीमा नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि तय भएको छ। धरान उपमहानगरपालिकाले २६ करोड लागतमा फोहोर मैला प्रशोधन केन्द्र निर्माण गरेको हो।

आज नै प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। धरानको कार्यक्रम सकेर देउवा आजै अपराह्न ४ बजे काठमाडौं फर्कने तालिका छ ।

Back to top button