विराटनगर आएर देउवाको प्रशंशामा विश्वप्रकास (भिडियोसहित)

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको सरकार सफल भएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले महाधिबेशन पछाडि सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई काम गर्न थप उर्जा मिलेको बताउनुभएको हो ।

उहाँले वर्तमान सरकारको प्रशंशा गर्दै अहिलेको सरकारले कोरोनाको खोपमा सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले यो सरकारको दुई वटा लक्ष्य रहेको भन्दै एउटा खोप र अर्को चुनाव रहेको प्रष्ट्याउनुभयो । उहाँले दुवै लक्ष्यमा सफलता हात पारेको समेत दावी गर्नुभयो ।

उहाँले एमाले अध्यक्ष केपीशर्मा ओलिले नेतृत्व गरेको पार्टी जस्तो कांग्रेस नभएकाले हार जितको कुरा गर्न नहुने बताउनुभयो । ओली कामरेडले गोजीबाट नाम निकाले जस्तो गरेर महाधिबेशन गरेको भए कोहि रिसाउदैन थिए होला भन्दै उहाँले महाधिबेशन पछाडी कांग्रेस भित्र गुट उपगुट सकिएको बताउनुभयो । उहाँले पराजय भोगेका नेताहरु असक्षम भएको नभई लोकतान्त्रिक पद्धति बाट अगाडि बढ्दा छुटेको मात्र बताउनुभयो ।

राष्ट्रियसभामा मात्रै कांग्रेसले गठबन्धन गर्छ कि अन्य चुनावमा पनि भन्ने जिज्ञासामा उहाँले कसैको घरमा पास्नीमा वोलाएको बेला बिबाहको शुभकामना दिन नहुने प्रतिक्रिया दिनुभयो । पास्नीको समयमा पास्नीको शुभकामना दिनु पर्ने भन्दै उहाँले पछिका चुनावमा पछि नै निर्णय हुने बताउनुभयो ।

राष्ट्रियसभाको चुनावमा काग्रेसलाई गठबन्धनसँग मिल्दा तीन वटा सिटमा फाइदा पुगेको समेत उहाँले बताउनुभयो । तीन वटा सिटमा मात्रै कांग्रेसका थिए अन्य तीन वटा सिट पनि काग्रेसका लागि आउने उहाँले बताउनुभयो । प्रदेश १ मा मात्रै एमाले सँग प्रतिष्पर्धा देखिएको बताउदै उहाँले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्ने दाबी गर्नुभयो । महामन्त्री शर्मा राष्ट्रियसभाका सदस्य गोपाल बस्नेतको टिक लिएर विराटनगर आउनुभएको हो ।

Back to top button