प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धनको मतभार बढी

विराटनगर । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उम्मेदवारी परेको छ।

प्रदेश १ का ९२ प्रदेश सांसद र १ सय ३७ स्थानीय निकायका २ सय ७२ प्रमुख उपप्रमुख मतदाता रहेका छन्। प्रदेशमा एमालेको मतभार ४ हजार ५ सय ४२, कांग्रेसको २ हजार ८ सय ६२, माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६ सय ७८, जनता समाजवादी पार्टीको २ सय १६, राप्रपाको १ सय १० र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ।

गठबन्धन पाँच दलको मत जोड्दा ४ हजार ८ सय १२ मत हुनेछ। त्यसैगरि प्रतिपक्षी एमालेको ४ हजार ५ सय ४२ र राप्रपाको १ सय १० मतसहित ४ हजार ६ सय ५२ मत पुग्ने देखिन्छ।

प्रदेश १ मा नेकपा एमालेबाट निर्वाचित भएका तीन जना नैनकला ओझा, अगम वान्तवा, र परशु मेघी गुरुङको कार्यकाल सकिएपछि पद रिक्त भएको हो ।

उक्त तीन पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका अपांगता भएका वा अल्पसंख्यकमा हेमराज थुलुङ राईले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

भने प्रतिपक्षी एमालेका तर्फबाट गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अपाङ्ता एवं अल्पसंख्यकमा सोनाम ग्यालञ्जेन शेर्पाले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरि राप्रपाले अम्मरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेद्वार बनाएको छ।

Back to top button