राष्ट्रियसभा सदस्य चुनावका लागि ४३ जनाको उम्मेदवारी दर्ता

विराटनगर । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।आज प्रदेशअनुसार निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरिएको हो ।

निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Back to top button