प्रतिनिधिसभाको बैठक पुस २८ गतेसम्मका लागि स्थिगित

काठमाडौं । भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि पनि सरेको छ । संसदको बैठक नेकपा एमालेको आग्रहमा पुस २८ गतेसम्मका लागि सरेको संसद सचिवालय उच्च स्रोतले जनाएको छ ।

स्रोतका अनुसार पुस २८ गते बिहीबार १ बजे बस्नेगरी सचिवालयले बैठक सरेको सूचना टाँस गर्ने तयारी गरेको छ । यसअघि नेकपा माओवादीको आग्रहमा बैठक सारिएको थियो ।

Back to top button