हाम्रा पूर्वजहरुसँग कसैको तुलना हुन सक्दैनः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यता, इतिहास र संस्कृति जोगाउन जरुरी रहेको बताउनुभएको छ ।

सभ्यताको सृष्टि नेपाली भूमिमा भएको तर्क गर्दै यसलाई जोगाएर अघि बढ्दा मात्रै इतिहासमाथि न्याय हुने बताउनुभयो । आज संस्कृति बचाऊ अभियन्ताहरुसँग आफ्नै निवास बालकोटमा भएको भेटमा उहाँले हाम्रा पूर्वजहरुसँग अरु कसैले तुलना हुन नसक्ने बताउनुभयो ।

उहाँले सभ्यताको ज्योति यहाँ बलेको र अरुले झिल्को लगेर नयाँ सभ्याताको विकास गरेको प्रवचनसमेत दिनुभयो। अध्यक्ष ओलीले सभ्यताको आगो यहाँ बालिएको तर त्यसमा दाउरा थप्ने, घिउ थप्ने काम नहुँदा निभेर गएको भन्दै यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गर्नुभयो ।

उहाँले सभ्यता र संस्कृतिको विकासमा लाग्नेहरुलाई आफ्नो सदा साथ रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Back to top button