एमाले अध्यक्ष ओलीलाई फकाउन पौडेल बालकोटमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई फकाउनका लागी बालकोट पुग्नु भएको छ । संसदको अवरोध खुलाउन आग्रह गर्दै उहाँ बालकोट पुग्नु भएको हो ।

बुधबार साँझ ओली निवास बालकोट पुगेर नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गर्नु भएको छ ।

जवाफमा अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने जबाफ दिनु भएको थियो ।

Back to top button