उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

काठमाडौँ । अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी वायुको प्रभावले बुधबार बेलुकादेखि वर्षा भइरहेको हो ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी तथा तराइका थोरै क्षेत्रमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न तथा सुरक्षित र सतर्क रहन विभागले आग्रह गरेको छ ।

अहिले काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम घटेको जाडो बढेको छ । बिहान उपत्यकाको अधिकतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ ।

Back to top button