सय स्याल मिले पनि बाघको सिकार गर्न सक्दैनन् विष्णु रिजाल

विराटनगर ।नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सय स्याल मिले पनि बाघको सिकार गर्न नसक्ने बताउनु भएको छ ।

माघ १२ मा हुने राष्ट्रियसभाको चुनाव गठबन्धनका लागि एमालेलाई घेराबन्दी गर्ने अन्तिम मौका भएको भन्दै उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले)लाई घेराबन्दी गर्ने अन्तिम किस्ता हो।

अदालत, सभामुख, संवैधानिक आयोग, सरकार लगायतको मिलेमतोमा नेकपा(एमाले)लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्र सकिएका छन्।’

Back to top button