पाँचथरमा आगलागी,तीन घर जले

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा अहिले बुधबार साँझ आगलागी हुँदा तीन घर जलेका छन् ।​

बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका पनि घर जलेका हुन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसलमा क्षति भएको स्थानीय खगेन्द्र राईले जानकारी दिनु भयो ।

आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीयवासीको अनुमान छ ।

Back to top button