ओमिक्रोनबाट भारतमा एक जनाको मृत्यु

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एक व्यत्तिको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले हिजो जनाएको छ ।

मृत्युहुने ति व्यत्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि मन्त्रालयले जनाएको छ । यो भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो ।

भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ ।

Back to top button