कोभिडका कारण भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित, प्रधानमन्त्री देउवाको भ्रमण रोकिने

काठमाडौं । भारतको गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १० औं भाइब्रेन्ट गुजरात लगानी सम्मेलन कोभिडका कारण स्थगित भएको छ । कोभिड संक्रमण बढेको भन्दै गुजरात सरकारले त्यस सम्मेलन स्थगित गरेको हो ।

यस्तै, प्रधानमन्त्री नेरन्द्र मोदीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम थियो। दुई दिने हुनलागेको सो सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो ।

अब सम्मेलन नै स्थगित भएपछि प्रधानमन्त्री देउवाको भ्रमण पनि रोकिने भएको छ ।

Back to top button