माओवादी अध्यक्ष प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तासँगको भेटघाट बन्द गर्नुभएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।’

Back to top button