मोटरसाइकलको टयांकीभित्रबाट भेटियो ३८ लाख, एक जना पक्राउ

जनकपुरधाम । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई सशस्त्र प्रहरी बलले आज पक्राउ गरेको छ । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–१ का २३ बर्षीय अमितकुमार यादव लाई आज प्रहरीले पक्राउ गरेको हो ।

यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको सशस्त्र प्रहरी निरीक्षक सजय बरालले जानकारी दिनुभयो।

बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयांकीमा बिर्कोको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।

यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । यादवलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।

Back to top button