पूर्वडिआइजी खरेलको नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

बुधबार उक्त पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाण पत्र पनि लिएको छ।

सुशासन पार्टीको अध्यक्षमा खरेल, पाँच उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल रहनु भएको छ ।

महासचिवमा गोविन्द गिरी रहनु भएको छ । बहुपदयी संरचनाको सुशासन पार्टीमा पाँच सचिव छन्।

सचिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट रहनु भएको छ ।

कोषाध्यक्षमा भक्तबहादुर केसी र सहकोषाध्यक्षमा मिनकुमार श्रेष्ठ रहनु भएको छ ।

अध्यक्ष खरेलले बिहीबार विज्ञप्ति जारी गरी सुशासन पार्टीले हिमाल, पहाड, तराई, मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण, समन्यायिक सेवामा जोड दिने बताउनु भयो ।

खरेलले गत मंसिर २४ गते नेपाल सुशासन पार्टी गठन गरेको जनाउनु भएको छ ।

Back to top button