१६ जिल्लामा आज एमालेको जिल्ला अधिवेशन नहुने

काठमाडौं । नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ। आज हुने अरु सवै जिल्लाको अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको हो। सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ।

यस्तै संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ। त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ। रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ।

बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको प्रचार विभागको भनाइ छ। रिजालका अनुसार मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन हुने छैन्।

Back to top button