ओमिक्रोन भेरियन्ट थप २४ जनामा पुष्टि

काठमाडौं । नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्रै थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरूमा २२ प्रतिशत एस जिन नेगेटिभ पत्ता लागेका हो । एस जिन नेगेटिभ पत्ता लागेकामध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरुमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ । ओमिक्रोन भेरियन्ट संक्रमणबाट सतर्क रहन आग्रह गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।

Back to top button