नोबेल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनः कञ्चनबारीमा चक्काजाम(भिडियोसहित)

इन्द्र शर्मा,

विराटनगर । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले आज केहिबेर राजमार्ग अवरोध गरेका छन् । उनीहरूले विराटनगरको कञ्चनबारीमा चक्काजाम गरेका हुन् ।

आन्दोलनलाई पाँच विद्यार्थी संगठनले समर्थन गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् ।  उनीहरूले कलेज प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।

यसैबिच हिजो आन्दोलनरत विद्यार्थी, विद्यार्थी संगठन, नोबेल मेडिकल कलेजका प्रतिनिधि बिच प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलमा प्रजिअ काशीराज दाहालले अर्को निर्णय नभए सम्म कक्षा सञ्चालन नगर्न निर्देशन दिनु भएको छ ।

छलफलका क्रममा नोबेल मेडिकल कलेजका प्रतिनिधिहरुले निर्णय गर्ने अधिकार कलेज सञ्चालक सुनिल शर्मालाई मात्र रहेको बताएपछि अर्को निर्णय नभएसम्म कक्षा सञ्चालन नगर्ने भनिएको हो ।

प्रजिअ दाहालले निर्णय विपरित गएर कक्षा सञ्चालन गरेमा कार्वाहीका लागी प्रहरीलाई पत्र लेखी पठाइने बताउनु भएको छ ।

Back to top button