एम्स कलेजमा हाजिरी जवाफ प्रतियोगिता

विराटनगर । विराटनगर–९ मा अवस्थित एम्स कलेजले हाजिरी जवाफ प्रतियोगिता समापन्न भएको छ ।

‘म्यानेजमेन्ट क्विज’ कलेजमा अध्ययनरत जस्मिन हाउसका विद्यार्थीहरूले आयोजना गरेको प्रतियोगितामा सात बटा समूह बिच प्रतिस्पर्धा भएको थियो । प्रत्येक हप्ता इभेन्ट मेनेज गर्ने सिकाउने तथा कलेजको परम्परालाई आत्मसाथ गर्दै यो कार्यक्रम आयोजना गरिएको हो । व्यवस्थापन विषयसँग सम्बन्धित प्रश्नहरू समेटेर गरिएको उक्त कार्यक्रममा अडियो भिजुवल र र्‍यापिड फायर राउन्ड समेत समावेश गरिएको थियो ।

उत्त प्रतियोगितामा सयपत्री समूह विजयी बनेको छ । सयपत्री समूहमा प्रयास बस्नेत, अमित मगर र लोमश सुवेदी रहनु भएको थियो । यस्तै पाथीभरा समूह द्धितिय भएको छ । सो समूहमा विद्यार्थी सोजल आकाश, सुजीता चौधरी र दीपेश चौधरी रहनु भएको थियो सुनगाभा समूह तेस्रो बनेको छ । सो समूहमा लक्ष्मण बस्नेत, छायाँ साह र सुजीता यादव रहनु भएको थियो ।

विजेता तथा उपविजेता विद्यार्थीलाई क्याम्पस प्रमुख सी।एम। बस्नेत, संयोजक सुरेन्द्र मण्डल र वि।आर।ओ। इन्द्र प्रसाद घिमिरेले मेडल तथा सर्टिफिकेट प्रदान गर्नु भएको थियो ।

Back to top button