प्रदेश १ मा अझै तयार भएन होल्डिङ सेन्टर

विराटनगर । प्रदेश १ मा सरकारले नेपाली सेनामार्फत विराटनगर र झापामा निर्माण थालेको १÷१ हजार जना बस्ने क्षमताको होल्डिङ सेन्टर अझै तयार हुन सकेको छैन ।

हनुमान कन्स्ट्रक्शन ललितपुरले दुबै होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको छ । विराटनगरको रानीस्थित विराटनगर जुट मिलको पश्चिम–उत्तरतर्फको जग्गामा होल्डिङ सेन्टर निर्मा भइरहेको छ ।
ठेक्केदार प्रतिनिधि बच्चुराम दाहालले २४ करोड ७५ लाखमा ठेक्का लिएर अहिले दु्रत गतिमा निर्माण भइरहेको तर समयमा बजेट निकासा नभएकोले समस्या भएको बताउनु भयो । उहाँले सरकारले बजेट उपलब्ध गराइदिए एक महिनाभित्र होल्डिङ सेन्टर निर्माण गरेर हस्तान्तरण गर्ने दावी गर्नुभयो ।

होल्डिङ सेन्टरका लागि ३ वटा भान्छा कोठा र १२ वटा खाना खाने कोठा, २० वटा क्वारेन्टाइन र २ वटा प्रशासनिक भवन र २२ वटा शौचालय निर्माणको काम भइरहेको छ । उक्त सबै संरचना निर्माणधिन रहेको छ ।

यस्तै, उक्त निर्माण कम्पनीले नै झापाको मेचीनगर नगरपालिका १४ स्थित हडिया खोलाको बगरमा त्यति नै क्षमताको होल्डिङ सेन्टर निर्माण गरिरहेको छ । होल्डिङ सेन्टरको भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको तर केही फिनिसिङको काम बा“की रहेको ठेक्केदार प्रतिनिधिले बताए ।

प्रदेश १ मा संक्रमितको संख्या बढ्न थालेको छ । बिहीबार ३३४ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको थियो । तर शुक्रबार ३७८ जनाको पिसिआर परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा हाल १० जना संक्रमित कोभिड १९ अस्पतालमा उपचाररत छन् भने १५८ जना संक्रमित होमआइसोलनमा रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

विराटनगरस्थित रानी, झापाको का“कडभिटा र इलामको पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकका लागि स्थानीय प्रशासनले खोप कार्ड अनिवार्य गरेको छ । भारतबाट आउने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षणपछि मात्रै नेपाल प्रवेश गर्न दिने गरी कडाइ गरिएको छ ।

प्रदेश १ सरकारले कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रदेशस्थित ३१ वटा अस्पतालमा १ जहार १३६ वटा शय्या तयारी अवस्थामा राखेको छ । ११७ वटा भेण्टिलेटरसहित १६९ आईसियू, ३५७ एचडीयू, सामान्य शय्या ३५९ र आइसोलेसन शय्या २५१ रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।
यस प्रदेशस्थित वीपी कोइराला स्वास्थ्य विान प्रतिष्ठान, मेची प्रादेशिक अस्पताल, कोशी कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, बीएण्डसी अस्पताल बिर्तामोड, न्यूरो अस्पताल विराटनगर, कोशी अस्पताललगायतका ठूला अस्पतालहरुमा अक्शिन प्लाण्ट रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशन ज्ञानबहादुर बस्नेतले यसअघि ६ वटा जिल्लास्थित अस्पतालहरुमा अक्सिजन प्लाण्ट जडान भएर उत्पादन भइरहेको र यस वर्ष थप ८ जिल्लामा १ करोड ५० लाखको दरले अक्सिजन प्लाण्ट स्थापनाका लागि बजेट निकासा भइसकेकोले कोरोना संक्रमितलाई अब अक्सिजनको अभाव नहुने दावी गर्नुभयो ।

Back to top button