सुरु हुँदै दीपकराज गिरीको ‘क्राइम पेट्रोल’

काठमाडौं । कलाकार दीपकराज गिरीले होस्ट गर्ने टिभी सिरिज ‘क्राइम पेट्रोल’ को प्रिमियर गरिएको छ । हिजो राजधानीको बिग मूभिजमा रंगपत्रकार तथा फिल्मकर्मी माझ सिरिज प्रिमियर गरिएको छ ।

यस्तै, टेलिभिजनबाट प्रसारण गर्नु पूर्व सिरिजको प्रचार प्रसार गर्ने उद्देश्यले निर्माण युनिटले यसको प्रिमियर गरेको हो । यो सिरिज विशाल सापकोटाले निर्देशन गर्नुभएको हो । सिरिज आगामी बुधबारदेखि ग्यालेक्सी फोरके टिभीबाट प्रसारणमा आउदैँ छ । कार्यक्रममा कलाकार दीपकले सिरिजको होस्ट आफ्नो सिक्ने प्रयास रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खोलभन्दा चाउचाउ स्वादिष्ट हुनुपर्छ । म खोलमात्र हुँ । चाउचाउ सिरिज हो ।’ टेलिभिजनका प्रबन्ध निर्देशक र रवि लामिछानेले गुणस्तरीय कार्यक्रम उत्पादन गर्ने क्रममा सिरिज ल्याउन लागेको बताउनुभयो ।

‘क्राइम पेट्रोल’ सम्पदा मल्ल र उहाँको टिमले निर्माण गर्न लागेको हो । सोनी टिभीमा प्रसारण भएको यो श्रृंखलाको केही भाग समेत लेखन गर्नुभएको मल्लले ‘क्राइम पेट्रोल’ मा लेखनको अलवा क्रिएटिभ प्रोडुसरको जिम्मेवारी समेत निर्वाह गर्नुभएको छ ।

Back to top button