नेकपा एमाले मोरङको यसरी हुँदैछ नयाँ नेतृत्व चयन (भिडियोसहित)

विराटनगर । नेकपा एमाले मोरङको नवौं अधिवेशनको जारी बन्दसत्रले नयाँ नेतृत्व चयन गर्न अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

निर्वाचन कार्यतालिका अनुशार तीन बजेस्म्म मनोनयन दर्ता र त्यसपछि ४ः३० बजेस्म्म दावी विरोधको समय निर्धारण गरिएको छ । अन्तिम नामावली प्रकाशन आजै साँझ ६ बजे गर्ने कार्यक्रम रहेको छ ।

भने उम्मेदवारी फिर्ताको समय भोली अपरान्ह ३ बजेसम्मका लागि राखिएको छ । मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा विहान १० बजेदेखि हुने बताइएको छ ।

१ सय ६५ सदस्यीय कार्यसमिति चयन गर्न के कसरी अघि बढ्छ पार्टी नेतृत्व भन्ने विषयमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा एक नम्बर प्रदेशका सह इन्चार्ज तथा मोरङ जिल्ला इन्चार्ज एवम् बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष विनोद ढकालसँगको कुराकानी भिडियोमा हेर्नुहोस ।

Back to top button