एमाले मोरङमा पदाधिकारी सर्वसम्मत,सदस्यका उम्मेदवार भने दोवर भन्दा बढी

विराटनगर । नेकपा एमाले मोरङको नवौँ अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध निर्वाचित  हुने भएका छन् ।पदाधिकारीमा   ५ जनाकोमात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन् ।
 अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ ।
यसै गरी १६५ जनाको जिल्ला समितिमा ४ सयको हाराहारीमा उम्मेदवारी परेको बताइएको छ ।उम्मेदवारी फिर्ताको समय भोलि दिउँसो ३ बजेसम्मका लागि राखिएको छ ।
मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ ।नेतृत्व टुगो लागिसकेकोले भोलि सम्ममा सदस्य पदमा समेत सर्व सम्मत हुन सक्ने एमालेकै नेताहरूको भनाइ रहेको छ ।

Back to top button