माघ १८ देखि सुकुम्बासीको लगत संकलन, निवेदन बुझाउन ३५ दिनसम्मको समय

काठमाडौं । राष्ट्रिय भूमि आयोगले माघ १८ गनेदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ।

आज आयोगले सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो।

यस्तै, विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम माघ १८ देखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ।

आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिएपश्चात गराउन पनि भनिएको छ। यसअघि आयोगले निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँच र चेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ।

Back to top button