कपिलवस्तुको एमाले अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । नेकपा एमालेको कपिलवस्तु जिल्लाको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । २३८ मत ल्याएर शर्मा जिल्ला अध्यक्षमा विजयी हुनुभएको हो ।

यस्तै, अध्यक्षका लागि हिजो मतदान भएको थियो । अध्यक्षका अर्को प्रत्यासी बाबुराम खनालले १८६ तथा नेत्र अधिकारीले एक सय मत प्राप्त गर्नुभएको छ ।

जिल्ला उपाध्यक्षमा विश्रामप्रसाद थारु र सचिवमा सिबी गहतराज विजयी हुृनुभएको छ । त्यस्तै जिल्लाको उपसचिवमा अर्जुन केसी र विकास आचार्य विजयी हुनुभएको छ ।

Back to top button