प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम टोली घोषणा

 काठमाडौंं । प्रधानमन्त्री कप सिनियर पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो ।

कप्तानमा भट्टसँगै उपकप्तान शेर मल्ल, विकेटकिपर राजु रिजाल हुनुहुन्छ । यस्तै, टोलीका अन्य सदस्यहरूमा खडक बोहरा, गजेन्द्र बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आग्री, आदित्य महता, नारायण जोशी, वसन्त कार्की, अर्जुन साउद, दीपक टमटा र कैलाश ऐर हुनुहुन्छ । त्यस्तै नरेन भट्ट, अनुराग सिंह, सत्यराज विष्ट र मिलन बोहरा वैकल्पिक खेलाडीका रूपमा हुनुहुन्छ ।

हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनौट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २६ गतेदेखि काठमाडौंमा हुँदै छ। पुस २६ गते सुदूरपश्चिमले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ। उक्त खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

Back to top button