कांग्रेसले आफ्नो सरकारलाई सहयोग गर्न आग्रह गरेको एमाले अध्यक्ष ओलीको भनाई

बिर्तामोड । आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताउनुभयो । ओलीले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तानाशाहीलाई असहयोग गर्नु भन्नु स्वाभाविक हो तर कांग्रेसले गरेको त्यस्तो उर्दी लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध हो।’

अहिलेको सरकारले कर्मचारीतन्त्रलाई आफू अनुकूल काम गराउन बाध्य पारेको एमाले ओलीले आरोप लगाउनुभयो । ओली एक दिनका लागि आज झापा आउनुभएको हो ।

Back to top button