राष्ट्रिय एकता अभियान रोक्ने कमल थापाको भनाई

विराटनगर । राप्रपा पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय एकता अभियान रोक्ने बताउनुभएको छ । कोरोनाभाइरस संक्रमण बढ्न थालेकाले २७ पुषबाट गर्न लागिएको अभियान रोक्ने निर्णय भएको उहाँले बताउनुभएको छ ।

‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले छुट्टै अभियान गर्न लाग्नुभएको थियो ।

Back to top button