भारतीय प्रधानमन्त्री मोदीद्धारा संकटकालिन बैठक आह्वान

काठमाडौं । कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संकटकालीन बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अहिले केहिबेरमा बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्ने बताइएको छ। तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरूका विषयमा उक्त बैठकमा छलफल हुने बताइएको छ ।

संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ। यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समीक्षा गर्नुभएको थियो ।

दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिनुभएको थियो । उहाँले औषधि र अक्सिजनको अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।

Back to top button