प्रदेश १ मा ५६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जनामा कोरोना संक्रमण भएको छ । २ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा ४९ र १ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३७, झापामा ५, सुनसरीमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३२, उर्लाबारी, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा २, दमक, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा २, रामधुनी र हनिगरमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण हो ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button