चौबिस घण्टामा देशभरबाट एघारसय जनाभन्दा बढीमा कोराना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६ सय ३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ६ सय १५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४ सय ९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा संक्रमणदर ९ दशमलव ५ प्रतिशत पुगेको छ ।

Back to top button