होटल तथा रेष्टुरेन्टमा जाँँदा अनिवार्य रूपमा कोभिड–१९ विरूद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालय र होटल तथा रेष्टुरेन्टमा जाँँदा अनिवार्य रूपमा कोभिड–१९ विरूद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसीको बैठकले कोभिड–१९ संक्रमण नियन्त्रणको लागि माघ ३ गतेबाट यस्तो नियम लागू गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।त्यसैगरी, सीसीएमसीले सोमबारबाट आगामी माघ १५ गतेसम्म जाडो विदाकोरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।त्यसैगरी, स्मार्ट लकडाउनको कार्यविधि गृहमन्त्रालयमार्फत कडाइका साथ पालना गराउन निर्देशन दिने निर्णय भएकोउहाँले जानकारी दिनुभयो ।

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या उच्च दरमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण भएको छ । सीसीएमसीले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै अत्याधिक भीडभाड हुने ठाउँ केही दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

Back to top button