भोलिदेखि माघ १५ गतेसम्म बिद्यालय बन्द

विराटनगर । कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ रोकथामका लागि आज बसेको संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सीसीएमसी प्रवक्ता सुनिता नेपालका अनुसार भोली देखि नै विद्यालय बन्द हुनेछन् । यस्तै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय पनि सिसिएमसीले गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

Back to top button