आजको मौसम :हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भएको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केहि स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिमका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

Back to top button