![](https://koshisandesh.com/wp-content/uploads/2021/11/uml-1.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/11/uml-1.jpg)
विराटनगर । नेकपा एमालेले जिल्ला अधिवेशनको परिणमा आउने क्रम जारी रहेको छ । एमालेले शुक्रबारदेखि ६३ जिल्ला अधिवेशन सुरूवात गरेको थियो। बाँकीमा भने पछि अधिवेशन मिति तय गरिनेछ।एमालेले अधिकांश जिल्लामा सर्वसम्मत अध्यक्ष चयन गरेको छ। कतिपय जिल्लामा भने चुनाव भएका छन्।
एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्दै सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिनु भएको थियो । एमालेले प्रदेश अधिवेशन पनि गर्न बाँकी छ।
कुन जिल्लामा को अध्यक्ष ?
काठमाडौं : दीपक निरौला
ललितपुर : पुरूषोत्तम आचार्य
सिन्धुली : कुमारबहादुर कार्की
इलाम : महेश बस्नेत
खोटा : रामप्रसाद दंगाल
गुल्मी : बालसिंह काउछा
तनहुँ : श्रीप्रसाद श्रेष्ठ
रसुवा : कर्णेल लामा
नुवाकोट : बद्रीप्रसाद मैनाली
झापा : दीपक कार्की
पाल्पा : धनेन्द्रराज घिमिरे
दाङ : हुकुम बस्नेत
डोल्पा : शेरबहादुर बुढा
सल्यान : गोविन्द पुन
बर्दिया : लालबहादुर श्रेष्ठ
बाँके : किष्मत कक्षपति
धादिङ : भूमि त्रिपाठी
अर्घाखाँ : पिताम्बर भुषाल
मोरङ : ऋषिकेश पोखरेल
काभ्रेपलाञ्चोक : अशोक ब्याञ्जू
भक्तपुरम : बचन देउजा
सप्तरी : ताराकान्त चौधरी
धनकुटा : ईन्द्रमणि पराजुली
नवलपरापश्चिममा : दीपेन्द्र अधिकारी
कपिलबस्तु : डम्बर शर्मा
तेह्रथुम : तेजमान कन्दङ्वा
रूपन्देही : तेजेन्द्र केसी
लम्जुङ : कृष्ण अधिकारी
गोरखा : प्रेम गुरूङ
पाँचथर : राजकुमार भण्डारी
रामेछाप : आनन्द श्रेष्ठ
मकवानपुर : एकलाल श्रेष्ठ
डडेल्धुरा : प्रकाश साउद
भोजपुर : शरण राई
बैतडी : सुरेन्द्र पाल
म्याग्दी : देवेन्द्र केसी
जुम्ला : शान्तिलाल महत