नेपालमा निरन्तर उकालो लाग्दै गएको कोरोना संक्रमणदर

काठमाडौं । नेपालमा निरन्तर उकालो लाग्दै गएको कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ११ हजार ४ सय २९ जनामा गरिएको परीक्षणमा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। यो परीक्षणका तुलनामा १२ दशमलब ६५ प्रतिशत हो ।

आइतबार १२ हजार ६ सय ३२ जनामा गरिएको परीक्षणमा ११ सय ६७ जनामा संक्रमण पुष्टि भएको थियो। यो ९ दशमलब २३ प्रतिशत हो। मन्त्रालयका अनुसार आज २ सय ५५ जना संक्रमणमुक्त हुँदा २ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको विवरण अनुसार हाल देशभर ७ हजार ८ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्।

जसमध्ये ७ हजार २ सय ४५ जना होम आइसोलेसनमा छन् भने ६ सय १० जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ।

Back to top button