सभामुखको भूमिका निष्पक्ष देखिएन : सुवास नेम्वाङ  

इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताउनु भएको छ । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताउनु भएको हो । सभामुखले भूमिका निष्पक्ष नदेखिएको उहाँले आरोप लगाउनु भयो ।

सभामुख नेम्वाङ सत्तापक्षले उठाएको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताउनु भएको छ । । ‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न तयार छौं’, नेम्वाङले भन्नुभयो ,‘तर छलफललाई औपचारिकतामा सीमित गर्ने कोसिस नहोस् ।’ नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा लामो समयपछिको भेटवार्तालाई सकारात्मकभन्नु भएको छ ।

Back to top button