भारतमा उपचार गराएर प्रधानसेनापति शर्मा आज स्वदेश फर्किदै

काठमाडौं । भारतमा उपचार गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदै हुनुहन्छ ।

पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत जानु भएको थियो । उहाँले भारतीय सेनाको अस्पताल आरएण्डआर रिसर्च एण्ड रिफरल अस्पतालमा उपचार गराउनु भएको थियो ।
सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो। उहाँले यसअघि सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराउनु भएको थियो ।

सरकारले १४ पुसको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रधानसेनापति शर्मालाई १८ पुसदेखि ३० सम्म बिदा दिने र यसबीच कामु प्रधानसेनापतिको जिम्मा रथी बालकृष्ण कार्कीलाई दिने निर्णय गरेको थियो।

प्रधानसेनापतिको नेतृत्व सम्हालेयता केही सार्वजनिक कार्यक्रममा स्वास्थ्यकै कारण उहाँ उपस्थित हुन सक्नु भएको थिएन् ।

Back to top button